Pura Samachar

युरोपमा व्यापार गर्न भिसा मिलाइदिने भन्दै २५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

प्रकाशित: May 26, 2022
पूरा समाचार

युरोपमा व्यापार गर्न भिसा मिलाइदिने भन्दै २५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं- युरोपमा व्यापार गर्न भिसा मिलाइदिने भन्दै २५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाइ युरोपको जुनसुकै देशमा गएर ब्यापार व्यवसाय गर्न मिल्ने भिसा लगाइदिन्छु भनि हंगेरीको लागि नक्कली भिसासमेत निकाली २५ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो। उनलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया