Pura Samachar

सुन-चाँदीको मूल्य बढयाे

प्रकाशित: May 27, 2022
पूरा समाचार

सुन-चाँदीको मूल्य बढयाे

आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। त्यसैगरी, सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य १० रूपैयाँ बढेर प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया