Pura Samachar

त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार बद्रि बस्नेत विजयी

प्रकाशित: May 27, 2022
पूरा समाचार

त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार बद्रि बस्नेत विजयी

उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार बद्रि बस्नेत विजयी भएका छन् । बस्नेतले ८८२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी एमालेका सुवास कुमार निरौलाले ७८१ मत प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा एमालेका उजिर सिंह राउत ९२३ मत र कांग्रेसका तारा बहादुर पौडेल ९०४ मत ल्याएर विजयी भएका छन् भने महिला सदस्यमा कांग्रेसकी भगवती कार्की ८९३ मत र दलित महिला सदस्यमा तील माय परिवार ९०४ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रतिक्रिया