Pura Samachar

नागालैंडमा ठूलो ऑधी -तूफान आउने संभावना

प्रकाशित: May 28, 2022
पूरा समाचार

नागालैंडमा ठूलो ऑधी -तूफान आउने संभावना

–डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड राज्यको डिजास्टर मैनेजमेंट औथोरिटि (NSDMA )द्वारा जारी गरेको एउटा प्रेस विज्ञप्तिले जनाएको छ कि आगामी एकतीस मई सम्ममा राजाका केही जिलाहरू जस्तै कोहिमा, मोन, तुइनसाङ, लोङलेङ तथा अन्य स्थानहरूमा
धेरै भन्दा धेरै बाढी आउने र ऑधी तूफान आउने संभावना देखा परेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि राज्यका एसडीआरएफ टीमहरूलाई पनि सतर्क रहने पनि आदेश दिएको छ ।
विज्ञप्तिले अझै अगाडि जनाएको छ कि कुनै पनि मानिसले पानी र झाडीको छेउमा नजाने र घरमै सुरक्षित रहने कुरा गरेको छ ।
हेर्दै जाऔ सरकारको उठाएको कदम कतिको कारगर होला ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया