
गाईघाट । सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिइरहेको छ ।
त्रियुगा नगरपालिकाको हाल सम्म गणना भएको ३१ हजार ७४ मत मध्ये काग्रेसका उम्मेद्वार बसन्त बस्नेतले अग्रता कायम राखेका छन ।
कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले एमाले उम्मेदवार भागवत राउतलाई १ हजार ९ सय ३७ को मतान्तरले पछाडि पारिरहेका छन् ।
बस्नेतलाई १० हजार ७ सय १४ मत पर्दा एमालेका राउतले ८ हजार ७ सय ७७ मत पाइरहेका छन् ।
त्यस्तै गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीलाई ७ हजार ४ सय १० मत परिरहेको निर्वाचन अधिकृतको कार्याययले जनाएको छ ।
प्रतिक्रिया