
काठमाडौं । आज गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाईंदै छ । २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको सम्झानामा हरेक वर्ष यो दिवस मनाईंदै आएको छ ।
२०६२÷०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
त्यसयता मुलुकमा नयाँ संविधान निर्माण, स्थानिय तहको दुई पटक निर्वाचन तथा एक पटक संघिय निर्वाचन भईसकेको छ । सिंहदरबारमा सीमित राज्य सत्ताको विकेन्द्रीकरण गरिएको छ ।
केन्द्रदेखि स्थानीय तहसम्म जनताका प्रतिनिधिहरुले शासन गरेका छन् । एकात्मक राज्य व्यवस्थाको स्थानमा संघीय र राजतन्त्रको स्थानमा जनताका प्रतिनिधि मूली हुने गणतन्त्र स्थापित गरिएको छ ।
आम मानिसको जनजिविकाको सवालमा भने राज्यले अझै धेरै गर्नुपर्ने बाँकी नैं छ ।
प्रतिक्रिया