
लमजुङको मध्यनेपाल गाउँपालिका–७ देउरालीमा टिपर दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीका अनुसार मध्य पहाडी लोकमार्गमा काम गर्ने कामदारलाई बोकेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र ३ जना अझै टिपर च्यापिएको इन्स्पेक्टर रेग्मीले बताए । अहिले घटनास्थलमा घाइतेको उद्धार भइरहेको उनले बताए । मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया