
डा. हरिमोहन पोखरेल
कोहिमा /अल असम मणिपुरी युवा संगठनको तत्वावधानमा अल असम मणिपुरी पिपुल्स कनभेनसन २०२२ असमको सिलचरमा संपन्न भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार मणिपुरका मुख्यमंत्री एन बिरेन सिहं मुख्य अतिथिको आसनबाट बोल्दै उनले भने कि असम र मणिपुरको संबंध अति नै प्रचीन रहेको छ ।
उनले अगाडि भने कि मणिपुरको सेनापति जिला अन्तर्गत मयाङखाङ भन्ने ठाउँमा असममा अहोम जातिहरू बसोबासो गरेको कुरा जान्न पाइन्छ ।यसरी नै असमका धेरै जसो ठाउँमा भने मणिपुरेलीहरूले बसोबासो गर्दै आएको र हाडछाला सरह बनेकोले एउटा ऐतिहासिक कार्य भइरहेको कुरा उनले बताए ।
विश्वका विभिन्न मुलुकमा बसोबासो गर्ने मणपुरीहरूको जमघट माझ उनले थपे कि विश्वमा हाम्रो मणिपुरी जातिले पनि सक्दो विकास र समृद्धिको बाटोमा अग्रसर रहदै योगदान गर्ने अपील गरे ।
उनले अगाडि असम सरकारलाई असमेली मणपुरीहरूको विकासको लागि पाइला उठाउने कुरा गरे ।
यस अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरूको आयोजना पनि थियो ।
प्रतिक्रिया