
गाईघाट । त्रियुगा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार बसन्त बस्नेतको जित सुनिश्चित भएको छ । गणना गर्न बाकी करिब ३ हजार मतमा बसन्त बस्नेतको अग्रता १ हजार ९ सय भन्दा बढिले छ ।
हाल सम्म गणना भएको ३६ हजार ९ सय ५८ मत मध्ये बसन्त बस्नेतले १२ हजार ७ सय ६८ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्धन्द्धी एमालेका भागवत राउतले १० हजार ८ सय ३ मत ल्याएका छन । अहिले वडा नम्बर १० र ११ को मत गणना भईरहेको छ ।
प्रतिक्रिया