
जिल्लाको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेतले पद तथा गोपनियताको सपथ लिएका छन। बुधबार एक कार्यक्रमका बिच नर्वनिर्वाचित बस्नेतलाई जिल्ला न्यायधीस उत्तम सिलुवालले गाइघाट बोक्से स्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा सपथ दिलाएका हुन।
जिल्ला न्यायधीस उत्तम सिलुवालले त्रियुगा नगरपालिकाका सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गर्दै खादा ओडाइ बधाई समेत दिनुभएको थियो ।
यद्यपि नव निर्वाचित मेयर बस्नेतले सपथ सपथ लिएको भए पनि बाकि नवनिर्वाचित जनप्रतिनिधिहरु उममेयर, वडाअध्यक्ष, वडा सदस्यलाई भने त्रियुगा नमुना माध्यमिक विद्यालयमा मेयरद्धारा सपथ लिएका छन।
त्रियुगा नगरपालिकाका नव निर्वाचित सम्पुर्ण जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ पश्चात् आजै २स्४५ बजे मेयर बस्नेतले पदभार ग्रहण गर्ने जिल्ला न्यायधीस सिलुवाले जानकारी दिनु भएको छ।
सपथ ग्रहण गर्दै बस्नेतले नवनिर्वाचित उममेयर, वडाअध्यक्ष र वडासदस्यहरुलाई बधाई तथा नयाँ कार्यकालेको लागि शुभकामना समेत दिदै जनतामाझ गरेका कुराको पुरा गर्ने र त्रियुग नगरलाई साझा नगरको रुपमा विकास गरी कुनै पनि नागरिकलाई भेदभाव नगरी अघि बढ्ने समेत प्रतिवद्धता गनुभयो ।
उममेयर महेश्वले राईले कार्यक्रममा बोल्दै सम्पुर्ण जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिदै कुरा गरेर भन्दानी काम गरेर देखाउने बताउनुभयो ।
प्रतिक्रिया