
ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको बताइएको छ ।
ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । ती व्यक्तिको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।
डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो ।
ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणको जानकारी गराएको बताएको छ ।
गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो ।
प्रतिक्रिया