Pura Samachar

आर्थिक वर्ष २०७९/०८०  मा सरकारी सेवाको कम्तीमा १० प्रतिशत दरबन्दी कटौती हुने

प्रकाशित: June 2, 2022
पूरा समाचार

आर्थिक वर्ष २०७९/०८०  मा सरकारी सेवाको कम्तीमा १० प्रतिशत दरबन्दी कटौती हुने

आगामी आर्थिक वर्ष २०७९/०८०  मा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाको कम्तीमा १० प्रतिशत दरबन्दी कटौती हुने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनमा पेश गरेको बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरेका थिए ।

सरकारी निकायका संगठन संरचना र दरबन्दीको पुनरवलोकन गरिनेछ । संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ । निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यकबाहेकका नयाँ दरबन्दी थप गरिने छैन । सरकारी निकायका चालू प्रकृतिका प्रशासनिक खर्च न्युनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ,’ बजेट वक्तव्यमा मन्त्री शर्माले भनेका थिए।

त्यसो हो भने के आगामी आर्थिक वर्षमा अब लोक सेवा आयोगले नयाँ दरबन्दीका लागि विज्ञापन नै गर्दैन त ? संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार, जनशक्ति , योजना तथा विकास महाशाखा प्रमुख नारायणप्रसाद अर्यालले लोक सेवाको नियमित विज्ञापन खुल्ने बताए ।

प्रतिक्रिया