
नेपालले पहिलो हाफको ४४ औं मिनेटमा एक गोल र दोस्रो हाफको ८९ औं मिनेटमा गरि २ गोल खान पुगेको थियो । ओमानका लागि पहिलो गोल ओमार अल– मलिकीले गोल गरे भने दोस्रो हाफमा इसाम अल सुभीले दोस्रो गोल गर्दै ओमानी टोलीको जित पक्का गरे ।
अधिकांश युवा खेलाडीका साथ कतार पुगेको नेपाल फिफा वरियताको १६८औं स्थानमा छ भने ओमान ७५औं स्थानमा छ । ओमानसँग खेल्नु अघि नेपालले दुई अभ्यास म्याच खेलेको थियो । जसमा नेपालले टिमोर लेस्टे यु २३ सँग २–२ र श्रीलंकासँग १–१ को बराबरी नतिजा निकालेको थियो ।
एसियन कप छनोटको समुह ए मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसिया जस्ता टिमसँग खेल्नेछ।
जुन आठ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ मा खेल्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
यस्तै जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ। तेस्रो चरणको छनोटका शिर्ष टिम र पाँच समुहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउनेछ।
एसियन कप छनोटका लागि नेपाली टिम
गोलकिपरः दिप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
डिफेन्डर: बिकाश खवास, बिकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदाम्बे, सुनील बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ(कप्तान)
प्रतिक्रिया