Pura Samachar

मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने

प्रकाशित: June 5, 2022
पूरा समाचार

मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा  प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिवार  बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । मधेश प्रदेशसभामा १०१ सदस्य छन् ।

प्रदेश सरकारले असार १ गते प्रदेशसभा बैठकमा आवको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया