Pura Samachar

सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा: पुलिस क्लब अन्तिम आठमा प्रवेश

प्रकाशित: June 5, 2022
पूरा समाचार

सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा: पुलिस क्लब अन्तिम आठमा प्रवेश

काठमाडौं ।  नेपाल पुलिस क्लब चौंथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

हेटौंडाको क्याम्पा रंगशालामा आइतबार खुमलटार युवा क्बललाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिस क्लब अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको तेस्रो मिनटमा अभिषेक रिजालले गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।  खेलको ३५ औं मिनेटमा पुलिसका भरत शाहले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८५ औं मिनेटमा खुमलटारका लागि अजित लामाले गोल गरे पनि जितको लागि पर्याप्त हुन सकेन ।

खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

अब  पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया