
लियोनल मेस्सीले सबै पाँच गोल गरेपछि अर्जेन्टिनाले आइतबार इस्टोनियालाई ५–० ले हराउँदै ३३ खेल अपराजित बनाएको छ ।
प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले बुधबार इटालीमाथि ३-० को फाइनलिसिमाको जितसँगै ३२ खेल अपराजित रहँदै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको थियो, र त्यो दौड लाई ३३ खेलमा पुऱ्याएको छ।
खेलको सातौं मिनेटमा पेनाल्टीबाट मेस्सीले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ४५ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई दुई शुन्यको अग्रता दिलाए ।
पहिलो हाफमा दुई गोलले अगाडी रहेको अर्जेन्टिनाले ४७ औं मिनेटमा खेल तीन शुन्यमा पुर्यायो । मोलिनाको पासमा मेस्सीले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे । त्यसपछि ७१ औं मिनेटमा अर्जेन्टिनाले मेस्सीकै गोलमा खेल चार शुन्यमा पुर्यायो ।
७६ औं मिनेटमा पाँचौं गोल गर्दै टिमलाई फराकिलो अन्तरले विजयी बनाए ।
मेस्सीको करियरमा छैटौं पटक चार गोल भन्दा बढि गरेका छन । उनले अर्जेन्टिनाकालागि कुल गोल संख्या ८६ पुर्याएका छन ।
प्रतिक्रिया