Pura Samachar

भारतमा खानेतेलको मूल्य घटयाे

प्रकाशित: June 6, 2022
पूरा समाचार

भारतमा खानेतेलको मूल्य घटयाे

२३ जेठ, काठमाण्डौ । भारतमा खानेतेलको मूल्य घटेको छ । भारतमा खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म घटेको हो ।

भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि तथा भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य घटेको हो । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।

यस्तै, सोही मितिमा १८५ भारु प्रतिलिटर मूल्य रहेको सर्सिउँको तेलको मूल्य १७० भारु कायम भएको छ । यसका साथै, प्रतिलिटर ३२० रुपैयाँ रहेको तिलको तेलको मूल्य ३०० रुपैयाँ आइपुगेको छ ।

प्रतिक्रिया