
काठमाडाैं । प्रतिनिधि सभा बैठकबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
यसअघि सभामुख अग्नीप्रसाद सापकाेटाले ‘‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्रप्रसाद शर्माले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो।
प्रतिक्रिया