Pura Samachar

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ

प्रकाशित: June 7, 2022
पूरा समाचार

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन्।

उनीहरुको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक रहेका छन्।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाइछिपइ ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया