Pura Samachar

विश्व बैंकले सन् २०२२÷२३ का लागि नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण

प्रकाशित: June 9, 2022
पूरा समाचार

विश्व बैंकले सन् २०२२÷२३ का लागि नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण

विश्व बैंकले सन् २०२२÷२३ का लागि नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण गरेको छ ।

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो ।

त्यस्तै अर्को वर्ष २०२३÷२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालले भने आर्थिक वर्ष २०७८÷७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९÷८० का लागि ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

विश्व बैँकले सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक बृद्धिदर यसअघि गत जनवरीमा अनुमान गरेको भन्दा कम रहने जनाएको छ ।

सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया