Pura Samachar

कुकी इनपी द्वारा सम्मान समारोह

प्रकाशित: June 10, 2022
पूरा समाचार

कुकी इनपी द्वारा सम्मान समारोह

-डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यको काङपोकपी जिल्ला अंतर्गत थोमास ग्राउंडमा आयोजित सम्मान समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि राज्यमा बढ्दै गरेको गाँजाको खेतीले निकै निराशाजनक स्थिति बनाएको छ ।
कुकी इनपी द्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले भने कि मणिपुरमा ड्रग्सको तस्करी निरंतर रूपमा बढेकोले हामी सबै जाति मिलेर यसको समाधान खोज्नुपर्ने बेला आएको छ ।
राज्यको वनको स्थितिलाई उजागर गर्दै उनले भने कि वनको कटाव निरंतर रूपमा बढेकोले गर्दा हामीले विरुवा लगाउने काम पनि जारी राख्नुपर्ने छ ।जसले गर्दा पर्यावरणको रक्षा हुन सक्ने छ ।
उनले अगाडि थपे कि हामी सबै जाति एकमुस्ट भएर राज्यको विकास संभव छ अनि शान्ति स्थापना गर्ने पनि हाम्रै हातमा रहेको छ ।
उनले अगाडि भने कि थोमास खेल मैदानको समुचित व्यवस्थाको लागि सतर करोड रूपियाँको आबंटन गरिएको छ ।जसले जिल्लाका खेल विकासमा मदद पुर्याउने छ ।
यसै अवसरमा विभिन्न रंगारंग कार्यक्रम रहेको र मुख्यमन्त्री लगायत उनको केबिनेटलाई पनि खदा ओडाएर सम्मानित गरेको छ ।यसै अवसरमा मुख्यमन्त्रीले सबै जातिका मानिसहरू संग भेट गरेको छ ।

प्रतिक्रिया