
युएफा नेसन्स लिगमा क्रोएसियाले पहिलो जित निकालेको छ। प्रतियोगिताको तेस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई १-० गोलले पराजित गरेको हो।
कोपेनहागेनस्थित पार्केन रंगशालामा क्रोएसियाको जितमा मारियो पासालिच निर्णायक रहे। पासालिचले खेलको ६९अौं मिनेटमा कर्नरमा डेनमार्कको फितको डिफेन्डिङको फाइदा उठाउँदै खेलको एकमात्र गोल गरेका थिए।
पहिलो हाफमा डेनमार्क बल पोसेसनमा क्रोएसिया विरुद्ध पूर्ण रुपमा हाबी थियो। तर पनि उसको टार्गेटमा प्रहार एक मात्र रह्यो। दोस्रो हाफमा क्रोएसियाले पकड बनाएपछि डेनमार्कले पर्याप्त अवसर सिर्जना गर्न सकेन।
जितसँगै क्रोएसियाले ३ खेलबाट ४ अंक बटुलेको छ। डेनमार्कको भने ६ अंक छ। हारका बाबजुद डेनमार्क समुह ए १ को शिर्ष स्थानमा छ। यता क्रोएसिया तेस्रोमा उक्लिएको छ।
प्रतिक्रिया