Pura Samachar

मणिपुरमा ‘ मेनिफेसट ‘को आरंभ

प्रकाशित: June 12, 2022
पूरा समाचार

मणिपुरमा ‘ मेनिफेसट ‘को आरंभ

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यमा बढ्दो गाँजा खेतीको प्रभावलाई रोक्नको लागि सरकारले नया पहल शुरू गरेको छ ।
राज्यको बागवानी विभाग द्वारा आयोजित एउटा समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरमा बढ्दो गाँजाको खेतीलाई रोक्नको लागि हामीले मेनिफेसट नामक एउटा नया बिरूवावाको आरंभ गरेको छ ।
उनले अगाडि थपे कि मणिपुरको पहाडी जिल्लाहरूमा यसको रोपाइले गर्दा आम्दानीको नया स्रोत शुरू हुनेछ ।जसले गर्दा गाँजाको विकल्पको रूपमा रहेको छ ।
मुख्यमन्त्रीले यसै अवसरमा बारहवटा विरूवा बोकेका ट्रकहरूलाई पनि झण्डा देखाएर प्रस्थान गरे ।
यसै अवसरमा राज्यका विभिन्न सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया