
वेष्टइन्डिजमाथि लगातार तेस्रो जित निकाल्दै घरेलु टोली पाकिस्तानले शृंखलामाथि ३-० को क्लिन स्वीप गरेको छ।
तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीयमा वेष्ट इन्डिजलाई डिएल म्याथोड पद्धतिमा ५३ रनले हराएको हो।
पाकिस्तानको २७० रनको लक्ष्य पछ्याएको पाहुना टोली वेष्ट इन्डिज ३७.२ ओभरमा अलआउट हुँदै २१६ रनमा समेटियो।
वेष्ट इन्डिजका एकेअल होसेनले सर्वाधिक ६० रन बनाए। यस्तै केसी कार्टीले ३३ रन बनाउँदा शाही होप र किमो पलले समान २१-२१ रन बनाए।
वेष्टइन्डिजलाई सस्तैमा रोक्न पाकिस्तानका सादव खानले सर्वाधिक ४ विकेट लिए। मोहम्मद नवाज र हसन अलीले समान २-२ विकेट हात पारे।
यस अघि घरेलु मैदानमा मुल्तानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४८ ओभरमा छोट्टाइएको खेलमा नौ विकेट गुमाउँदै २६९ रन बनाएको थियो।
प्रतिक्रिया