Pura Samachar

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत  का एक वा दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना

प्रकाशित: June 15, 2022
पूरा समाचार

प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश लगायत  का एक वा दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना

काठमाडाैं । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधवार मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का एक वा दुई स्थानमा मुसलधारे वर्षाको समेत सम्भावना रहेको माैसमविदकाे भनाइ छ।

त्यस्तै, बुधवार राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली  तथा  बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र  अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका  का एक वा दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया