Pura Samachar

भारतले दक्षिण अफ्रीकालाई हरायाे

प्रकाशित: June 15, 2022
पूरा समाचार

भारतले दक्षिण अफ्रीकालाई हरायाे

काठमाडौं । तेस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई हराएको छ।

मंगलबार राति भएको खेलमा भारतले पाहुना टोली दक्षिण अफ्रीकालाई ४८ रनले हराएको हो ।

यस जितपछि पनि भारत ५ खेलको सिरिजमा २-१ ले पछि रहेको छ ।

भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि  हेन्रिच क्लासेनले २९ रन जोडे ।

यस्तै वायन पर्नेलले अविजित २२ तथा रिजा हेन्ड्रिक्सले २३ रन बनाए । ड्वाने प्रिटोरिउस २० रनमा आउट भए ।

भारतका हर्सल पटेलले ४ तथा युजभेन्द्र चाहलले ३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो ।

भारतका रुतुराज गायकवाडले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा इशान किशानले ५४ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै हार्दिक पाण्डयले अविजित ३१ रन बनाए  ।

दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले २ विकेट लिए  ।

प्रतिक्रिया