
सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतवार (असार ५ गते) सार्वजनिक सूचना जारी गर्दै बोर्डको अध्यक्ष पदमा आवेदन माग गरेको हो ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दर्खास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सकिनेछ,’ सूचनामा भनिएको छ ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
दरखास्त १५ दिनभित्र दिनुपर्नेछ ।
प्रतिक्रिया