
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४, तामाघाट पुलनजिक सवारीसाधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । अन्दाजी ३२ वर्षीया युवतीको सनाखत हुन बाँकी छ ।
आज बिहान करिब ५ बजे नम्बर नखुलेको सवारीसाधने ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनापश्चात् सवारीसाधनसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीचौकी पाँचखालले जनाएको छ ।
प्रतिक्रिया