
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ। शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद बैठक हेरफेर र चुनावको मितिबारे छलफल भएको बालुवाटर स्राेतले बताएकाे छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागि हुनुभएकाे जनाइएकाे छ।
बजेट पारित भएलगत्तै मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेका नेताहरूले प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै त्यो विषयलाई निरन्तरता दिने निर्णय भएकाे बताइएकाे छ ।
एकीकृत समाजवादीले सरकारमा सहभागि आफ्ना मन्त्री फेर्ने सचिवालयको निर्णयलाई स्थायी कमिटीबाट अनुमोदन गराइसकेकाले बजेट पास भएपछि मन्त्रीहरू पनि हेरफेर हुने भएकाे हाे ।
प्रतिक्रिया