Pura Samachar

कोहिमामा मनाइयो फादर्स डे समारोह

प्रकाशित: June 19, 2022
पूरा समाचार

कोहिमामा मनाइयो फादर्स डे समारोह

डा. हरिमोहन पोखरेल
कोहिमा /विश्वभरि नै आफ्ना बाबुहरूले छोरा र छोरीहरू प्रति गरिएको सर्वस्व त्यागलाई सम्मान गर्दै आज फादर्स डे को रूपमा पालन गरिन्छ ।
आज संसारमा जाति; धर्म र परंपरा देखि माथि उठेर देश, काल र परिस्थिति बीच प्रेरणाको रूपमा उत्सवको रूपमा मनाउन पाउनु आफैमा एउटा अलग्गै इतिहास हुन्छ ।
मानव उत्थान सेवा समिति कोहिमा शाखाको युवा विभाग द्वारा पनि आज आफ्ना बाबुहरूले छोरा र छोरीहरू प्रति गरेको त्याग, संघर्ष र समर्पणलाई सम्मान गर्दै आज फादर्स डे मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सर्वप्रथम एउटा सुन्दर भजनको प्रस्तुति हुन्छ ।सा -साना नानीहरूले प्रस्तुत गरेको भजनले मंत्रमुग्ध बनाए पश्चात बाबुहरूलाई सम्मान गरिन्छ ।
फादर्स डे को अवसरमा बोल्दै मिशन एजुकेसन संयोजक सुश्री सपना गुरुङले आफ्नो सारगर्भित वक्तव्य प्रस्तुत गर्दै भनिन कि हामीले आफ्ना अभिभावक विशेष गरेर बाबाहरूलाई सम्मान गर्न पाउनु एउटा ऐतिहासिक पहल हो ।हाम्रो लागि बाबाहरूले गरेको त्यागलाई सलाम गर्न चाहन्छौ ।
उनले अगाडि भनिन कि आज हामी एउटा कार्यक्रम मनाएर मात्र होइन ।सदैव सम्मान गर्न सिक्नुपर्छ ।आज हामी जग्गामा छौ त्यो जग्गा सम्म पुर्याउन बाबाको भूमिका शब्दमा बयान गर्न सकिन्न ।
उनले अगाडि थपिन कि हामीले ईश्वर स्वरूप आफ्ना बाबु र आमालाई सम्मान गर्न सिक्नुपर्छ र जीवनमा उतारने पनि प्रयास गर्नुपर्छ ।
यसै अवसरमा आमा विभाग द्वारा मीठा -मीठा पकवान बनाएर खुवाएको थियो ।
स्मरण रहोस फादर्स डे १९०८ मा अमेरिकाको भरजिनियाको एउटा कोइला खानीमा एकसय जनाको ज्यान गएको थियो ।त्यो दिनलाई याद गर्दै विश्वभरि नै फादर्स डे मनाने गरिन्छ ।

प्रतिक्रिया