महाराजगंज चोकबाट धुम्बाराही तर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति करिब ११ बजे पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई प्रहरीले उपचारको लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया