Pura Samachar

एसपीपीमा कहिल्यै सहभागि नहुने गरी अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह:महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा

प्रकाशित: June 20, 2022
पूरा समाचार

एसपीपीमा कहिल्यै सहभागि नहुने गरी अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह:महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग  पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले एसपीपीमा कहिल्यै सहभागि नहुने गरी अमेरिकालाई पत्राचार गर्न आग्रह गरेका छन्।

दुई महामन्त्री थापा र शर्माले  आज प्रधानमन्त्री देउवासँग भेट गर्दै यस्ताे आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा आवद्धताबारे छलफल भएको पार्टी स्राेतले जनाएकाे छ।

“एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्याएर सहभागि नहुन आग्रह गर्यौँ, विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई बोलाएर साझा धारणा तय गरौँ भन्ने कुरा प्रधानमन्त्रीज्यू समक्ष राख्यौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

महामन्त्रीद्वयले लामो समयदेखि पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । “छ महिनाभित्र सम्पन्न गर्ने भनिएको भ्रातृ संस्थाको अधिवेशनको बारेमा पनि हामीले सभापतिज्यूको ध्यानाकर्षण गरायौँ”, महामन्त्री शर्माले भन्नुभयो । यसबाहेक नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठनलगायतको विषयमा छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।

उहाँहरुले भेटका क्रममा रेलमार्गमा परेको जग्गा रोक्का राखे पनि जग्गाधनीले मुआब्जा नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया