Pura Samachar

सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

प्रकाशित: June 21, 2022
पूरा समाचार

सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

काठमाडाैं । सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

कबिलासी नगरपालिका ८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो । उनको शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडी नजिक फेला परेको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । उनको हत्याको कारण खुल्न सकेका छैन । अहिले घटनास्थलमा स्थानीयको ठूलो भीड देखिएको छ ।

प्रतिक्रिया