Pura Samachar

कार आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन माग:नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपाल

प्रकाशित: June 21, 2022
पूरा समाचार

कार आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन माग:नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपाल

काठमाडौं- नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालको प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटेर कार आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन माग गरेको छ। मंगलबार आपूर्ति दिलेन्द्रप्रसाद बडूसँग भेटगरी सरकारले कार जिप र भ्यानजस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको हो। अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठा आर्जन गर्दै आएको तथा देशकै सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुँदै आएको नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा सम्पन्न गर्ने निर्णय भईसकेको र यस किसिमको प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुर्‍याउने भएकोले त्यसको सहजताको लागि समेत नीजि प्रयोजनका  सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध खुल्न जरुरी रहेको नाडाको भनाइ छ। सो भेटघाटको क्रममा मन्त्री दिलेन्द्रप्रसाद बडूले कार जिप र भ्यानजस्ता नीजि सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध यो आसार मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गसाउन १ गतेदेखि सो प्रतिवन्ध फुकुवा हुने आश्वासन दिए। उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्दिय कार्यसमिति सदस्य आकाश गोल्छा तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया