Pura Samachar

न्यायपरिषदको आकस्मिक बैठक आज बस्दै

प्रकाशित: June 22, 2022
पूरा समाचार

न्यायपरिषदको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीको आह्वानमा न्यायपरिषदको आकस्मिक बैठक आज बस्दैछ ।

आज दिउँसो साढे १ बजे न्यायपरिषदका सबै सदस्यहरुलाई बैठकमा बोलाइएको एक सदस्यले बताए ।

बैठकका एजेण्डाबारे भने केही नबताइएको स्रोतको भनाइ छ । काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको स्रोतको भनाइ छ ।

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीच भएको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो ।

उक्त सार्वजनिक अडियोमा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गर्नुभएको छ । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उहाँले प्रलोभन दिनुभएको अडियोमा सुन्न सकिन्छ । उक्त विषयमै छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया