Pura Samachar

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरण : रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय

प्रकाशित: June 22, 2022
पूरा समाचार

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरण : रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौँ । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्यायपरिषद्‍ले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको न्यायपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको कानुनमन्त्री गोविन्द कोइरालाले जानकारी दिए ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनको अडियो वार्ता सार्वजनिक भएको छ ।

प्रतिक्रिया