Pura Samachar

भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु

प्रकाशित: June 22, 2022
पूरा समाचार

भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु

काठमाडौँ । मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको छ ।

०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा–२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीबाट रिफर गरेर थप उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया