Pura Samachar

साल्ट  ट्रेडिङ  कर्पोरेसन  लिमिटेडले  ६०  हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्यायाे

प्रकाशित: June 24, 2022
पूरा समाचार

साल्ट  ट्रेडिङ  कर्पोरेसन  लिमिटेडले  ६०  हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्यायाे

साल्ट  ट्रेडिङ  कर्पोरेसन  लिमिटेडले  ६०  हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ ।

भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको  साल्ट  ट्रेडिङका  विभागीय  प्रबन्धक  ब्रजेश झाले जानकारी दिए ।

उनका अनुसार, २२  हजार  मेट्रिक  टन  युरिया  भारतको  कोलकाता बन्दरगाहमा आइपुगेकोमध्ये तीन हजार मेट्रिक टन मल बिहीवार बिहान नेपाल भित्रिएको हो ।

बाँकी मल आउने क्रममा रहेको विभागीय  प्रबन्धक झाले बताए  ।

जेठ २७ गते साल्ट ट्रेडिङ ले नै २० हजार मेट्रिक टन डीएपी मल ल्याएर बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया