Pura Samachar

सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर

प्रकाशित: June 24, 2022
पूरा समाचार

सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर

नदीजन्य वस्तु उत्खननमा अनियमितता गरेको आरोपमा बारास्थित जितपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।पसाहा र र बालगंगा खोलाबाट नदीजन्य वस्तु उत्खनन, संकलन तथा बिक्री बापतको रकम हिनामिना गरेको आरोपमा अख्तियारले आज तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ठेकेदारद्वय ओमशंकर प्रसाद र मिराकुमारी श्रेष्ठविरुद्ध ५ करोड २६ लाख ६ सय ८७ रुपैयाँ बिगो, मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।पसाहा खोलाको नदीजन्य सामग्री उत्खननका क्रममा सम्झौता अनुसार काम नगर्ने ओमशंकर प्रसादको ओम सप्लायर्ससँगको मिलेमतोमा राजश्व छली गरेको भन्दै सेढाई उपर ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ बराबरको बिगो, कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा ओम सप्लायर्सका सञ्चालक ओमशंकरविरुद्धल १ करोड ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ बिगो बमोजिम जरीवाना र कैद सजायको माग गरिएको छ ।यसैबीच, प्रमुख प्रशासकीय अधिकृत सेढाईकै मिलेमतोमा बालगंगा खोला उत्खननमा पनि अनियमितता भएको अख्तियारको ठहर छ । हेटौडाको न्यू पाथिभरा सप्लायर्स, सँगको मिलेमतोमा छली गरेको १ करोड २० लाख २८ हजार ९० रुपैयाँ बराबरको बिगो, जरिवाना र कैद सजायको मागदाबी सहित सेढाई उपर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।सोही प्रकरणमा राजश्व दाखिला नगरी हिनामिनामा संलग्न न्यू पाथिभरा सप्लायर्सका सञ्चालक मिराकुमारी श्रेष्ठविरुद्ध पनि अख्तियारले १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ बिगो, जरीवाना र कैद सजायको माग दाबी गरेको छ ।

प्रतिक्रिया