Pura Samachar

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा

प्रकाशित: June 26, 2022
पूरा समाचार

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा

काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिनुभएकाे छ। मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएकाे हाे ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरे अनुसार राजीनामा दिनुभएकाे बताइएकाे छ।

‘राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाइसकिएकाे र उहाँले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने मन्त्री आले  निकट स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया