
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गर्नुभएको छ ।
सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले गरेको निर्णयका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपिषद् पनर्गठनकाे सिफारिस गर्नुभएको थियो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेको जानकारी दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त हुनुभएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ मन्त्रीमा बढुवा हुनुभएकाे छ ।
प्रतिक्रिया