Pura Samachar

हेटौँडा सिस्नेरी सडकखण्ड बिहानदेखि अवरुद्ध

प्रकाशित: June 29, 2022
पूरा समाचार

हेटौँडा सिस्नेरी सडकखण्ड  बिहानदेखि अवरुद्ध

मकवानपुर । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट संघीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङस्थित गए राति खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।

उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात् पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने उनले बताइन् । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

यस्तै, हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा, गारोखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ । रासस

प्रतिक्रिया