
काठमाडौंको बालाजुमा हिजो बेलुका दुर्घटना भएको छ। भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ६ च ४८११ नम्बरको टाटा डिआई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल राति करिव ८ बजे भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी दुर्घटना भएको थियो ।
उक्त घटनामा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय सन्जिव कार्कीको मृत्यु भएको छ । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती करिव साढे २ बजे मृत्यु भएको थियो । दुवै सवारी साधन र भ्यान चालक प्रहरी वृत्त बालाजुको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया