Pura Samachar

बलर जसप्रित बुमराहले इंग्ल्यान्डविरुद्धको टेस्टमा भारतीय टोलीको  कप्तानी गर्ने

प्रकाशित: June 30, 2022
पूरा समाचार

बलर जसप्रित बुमराहले इंग्ल्यान्डविरुद्धको टेस्टमा भारतीय टोलीको  कप्तानी गर्ने

काठमाडौं । बलर जसप्रित बुमराहले इंग्ल्यान्डविरुद्धको टेस्टमा भारतीय टोलीको  कप्तानी गर्ने भएका छन् ।

कोभिड-१९ को संक्रमणको कारण कप्तान रोहित शर्मा अनुपस्थित हुने भएपछि बुमराहले इंग्ल्यान्डविरुद्ध कप्तानी गर्ने भएका हुन् ।

रोहितलाई गत साता कोभिड -१९ पोजेटिभ देखिएको थियो ।  बुधबार गरिएको कोरोना जाँचमा समेत नतिजा पोजेटिभ आएको थियो । बिहीबार पुनः उनको कोरोनाको टेस्ट गरिनेछ ।

बुमराहले पहिलो पटक कुनैपनि टिमको कप्तानी गर्न लागेका हुन् ।

यस्तै १९८६ पछि पहिलो पटक भारतीय टोलीको कप्तानी तिव्र गतिका बलरले गर्न लागेको हो । कपिल देवले १९८६ को सेप्टेम्बरमा अन्तिम पटक भारतका लागि टेस्ट क्रिकेटमा कप्तानी गरेका थिए ।

भारत र इंग्ल्यान्डबीचको टेस्ट शुक्रबार सुरु हुनेछ । यस खेल गत वर्ष नै हुनुपर्ने थियो । तर, कोरोनाका कारणले स्थगित भएको सिरिज अन्तर्गतको एक टेस्ट शुक्रबार सुरु हुन लागेका हो ।

भारतका टेस्ट कप्तान रोहित यसै खेलका लागि तयारी स्वरूप लिस्टरशयरविरुद्धको अभ्यास खेलको क्रममा कोरोना संक्रमित हुन पुगेका थिए ।

इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका अर्का महत्वपुर्ण खेलाडी रविचन्द्र आश्विन पनि कोरोना संक्रमित भएका थिए ।

तर, अहिले उनी कोरोनामुक्त भई भारतीय टोलीमा सामेल भइसकेका छन् ।

प्रतिक्रिया