Pura Samachar

जनता समाजवादी पार्टी केन्द्रीय समितिको बैठक असार २७ र २८ गते वीरगन्जमा बस्ने

प्रकाशित: June 30, 2022
पूरा समाचार

जनता समाजवादी पार्टी केन्द्रीय समितिको बैठक असार २७ र २८ गते वीरगन्जमा बस्ने

फुटको संघारमा रहेको जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार बैठक असार २७ र २८ गते वीरगन्जमा बस्ने गरी बोलाइएको छ।

जसपाको केन्द्रीय समिति ४९९ जनाको छ।

पछिल्लो समय संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षबीच जसपाभित्र चरम विवाद छ।दुबै नेताहरूले बुधबार सौहार्दपूर्ण तरिकाले आ-आफ्नो बाटोमा हिँड्ने समझदारी गरेका छन्।

प्रतिक्रिया