Pura Samachar

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

प्रकाशित: June 30, 2022
पूरा समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ।

नेपाली कांग्रेस मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार बैठक असार २७ गते अपरान्ह १ बजे बस्ने भएको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ असार २७ गते सोमबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा जनाइएको छ।

बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा तथा विविध प्रस्तावमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया