
काठमाडौं । काठमाडौं, तेह्रथुम, दार्चुला, रूपन्देही र मोरङमा पाँचजना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, कीर्तिपुर नगरपालिका–६ चोभारस्थित वाग्मती नदी किनारको झाडीमा करिब ९ महिनाको पुरुष नवजात शिशुको शव फेला परेको छ ।
तेह्रथुम, म्याङलुङ नगरपालिका–९ टुक्रेस्थित सडकको नालीमा सोही नगरपालिका–४ पिप्ले बस्ने ३० वर्षीय सार्के बिक मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, महाकाली नगरपालिका–८ दहकोट बस्ने ३६ वर्षीय गणेश सिंह बिस्ट घरबाट ३ सय मिटर टाढा सडक छेउमा मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, सैनामैना नगरपालिका–१ जनहितटोलस्थित सडक छेउको खेतमा सोही नगरपालिका–४ सदभर्दा बस्ने ३० वर्षीय दिपक कुमाल मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका–१ रानिबगियास्थित आफ्नो कोठा जान्छु भनि बुधबार साँझ घरबाट निस्किएका उनलाई उक्त स्थानमा साइकल सहित लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।
मोरङ, पथरीशनिस्चरे नगरपालिका–६ केचना बस्ने ३५ वर्षीय रामकृष्ण शर्मा सुनवर्शी नगरपालिका–१ स्थित कमल पोखरीमा मृत अवस्थामा फेला परेका छन् । गत मंगलबार घरबाट हिँडेकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो । सोधपुछका लागि उनीसँगै गएका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया