Pura Samachar

अष्ट्रेलिया पहिलो टेस्टमा१० विकेटले विजय

प्रकाशित: July 1, 2022
पूरा समाचार

अष्ट्रेलिया पहिलो टेस्टमा१० विकेटले विजय

एजेन्सी – अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई चार बलमै लक्ष्य पूरा गर्दै १० विकेटले हराएको छ । योसँगै भ्रमण टोली अष्ट्रेलियाले दुई टेस्ट खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।जितको लागि १० रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४ बलमै पूरा गरेको हो । ओपनर डेविड वार्नरले रमेश मेन्डिसलाई तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै खेल जिताए ।

त्यसअघि श्रीलंका दोस्रो इनिङमा श्रीलंका १ सय १३ रनमा अल आउट भयो । पहिलो इनिङमा श्रीलंका १ सय ९ रनले पछि परेको थियो । त्यसैको कारण श्रीलंकाले मात्र ५ रनको लक्ष्य दिएको थियो । श्रीलंकाका कप्तान दिमुथ करुणारत्नले २० बलमा ५ चौकासहित सर्वाधिक २३ रन बनाए । ओपनर पाथुम निस्संका १४, ओशदा फ्रेनान्डो १२, धनन्जय डि सिल्भा ११ र दीनेश चान्डिमल १३ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरोे अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका स्पिनर नाथन लायन र ट्रविस हेडले चार चार विकेट लिए । मिचेल स्वीपसनको नाममा २ विकेट रह्यो । अष्ट्रेलिया पहिलो इनिङमा ३ सय २१ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया क्यामरन ग्रिनले १ सय ९ बलमा ६ चौकासहित सर्वाधिक ७७ रन बनाए । ओपनर उस्मान खवाजा १ सय ३० बलमा ७ चौकासहित ७१ रनमा आउट भए ।

डेविड वार्नर २५, स्टिभ स्मिथ ६, मार्नस लाबुसेन १३, एलेक्स केरी ४५ र प्याट कमिन्स २६ रनमा आउट भए । श्रीलंकाका रमेश मेन्डिसले चार, जेफ्री वान्डरसे र असिथा फ्रेनान्डोेले दुई दुई विकेट लिए ।

पहिलो इनिङमा श्रीलंका २ सय १२ रनमा अल आउट भएको थियो । श्रीलंकाका विकेटकिपर निरोशन डिक्वेलाले ५९ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । निस्संका २३, करुणारत्ने २८, एन्जिलो म्याथ्युज ३९ र रमेश मेन्डिस २२ रनमा आउट भए ।
अष्ट्रेलियाका स्पिनर नाथन लायनले सर्वाधिक पाँच विकेट लिए ।

मिचेल स्वीपसनको नाममा १ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच ७७ रन बनाएका युवा अलराउन्डर क्यामरन ग्रिन चुनिए । दोस्रो खेल ८ जुलाईदेखि सुरुहुनेछ ।

प्रतिक्रिया