
एजेन्सी – इंग्ल्यान्डको युवा टोलीले अतिक्ति समयमा पूनरागमन जित निकाल्दै युइएफए युरो यू–१९ को उपाधि जितेको छ । इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्डले उपाधि रक्षा गरेको हो ।शुक्रबार राति भएको फाइनलमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्ल्यान्डले उपाधि जित्न सफल भएको हो ।इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले गोल गरे । इजरायलका ओस्कार ग्लोचको गोल सान्त्वना बन्यो ।
स्लोभाकियमा भएको खेलको ४०औं मिनेटमा ओस्कार ग्लोचको गोलबाट इजरायलले सुरुवाती अग्रता लिएको थियो । तर, ५२औं मिनेटमा कलुम डोयलले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो ।
१०८औं मिनेटमा कारने चुकविमेकाले गोल गर्दै इंग्ल्यान्डलाई २–१ ले अघि बढाए । त्यसपछि ११६औं मिनेटमा आरोन राम्सेले गोल गर्दै इंग्ल्यान्डलाई च्याम्पियन बनाए ।
इंग्ल्यान्ड २०१७ पछि च्याम्पियन बनेको हो । त्यतिबेला इंग्ल्यान्डले पोर्चुगललाई हराएको थियो । पछिल्लो दुई संस्करण (२०२० र २१) भने कोभिड–१९ का कारण हुने सकेको थिए ।
च्याम्पियन बनेसँगै इंग्ल्यान्डले सर्वाधिक उपाधि जित्ने स्पेनको कीर्तिमानलाई भेट्टाएका छन् । स्पेन र इंग्ल्यान्डले समान ११ पटक उपाधि जितेका छन् ।
प्रतिक्रिया