Pura Samachar

जसपा) मा मन्त्री हेरफेरको अन्तिम तयारी नयाँ मन्त्रीका लागि सुशीला श्रेठ, डा. सूर्य नारायण यादव, डा सुरेन्द्र यादव, प्रमोद साह र मोहम्मद इस्तियाक राई बन्दै

प्रकाशित: July 2, 2022
पूरा समाचार

जसपा) मा मन्त्री हेरफेरको अन्तिम तयारी नयाँ मन्त्रीका लागि सुशीला श्रेठ, डा. सूर्य नारायण यादव, डा सुरेन्द्र यादव, प्रमोद साह र मोहम्मद इस्तियाक राई बन्दै

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री हेरफेरको अन्तिम तयारी भएको छ ।

पार्टी विभाजनको संघारमा रहेका बेला अध्यक्ष उपेन्द्र यादवले मन्त्री हेरफेर गर्ने तयारी गरेका हुन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र यादवबीच समझदारीमै अलग हुने सहमतिपछि जसपामा मन्त्री हेरफेरको गृहकार्य भएको हो ।

यादवले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई शुक्रबार नै बुझाउने तयारी गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नयाँ मन्त्रीका लागि सुशीला श्रेठ, डा. सूर्य नारायण यादव, डा सुरेन्द्र यादव, प्रमोद साह र मोहम्मद इस्तियाक राईको नाम चर्चामा छ । तर शुक्रबार मध्याह्नसम्म मन्त्रीको नाम टुंगो लागिनसकेको बताइएको छ ।

प्रतिक्रिया